+
+

६० लाखवटा लाससँग रात बिताउने मौका (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते ११:०४

Las

हामीकहाँ विभिन्न चाडपर्वको बम्पर उपहार भन्दै विभिन्न वस्तु उत्पादक तथा सेवा प्रदायकहरुले विभिन्न खाले अफरहरु ल्याउँछन् । उता फ्रान्समा भने लाससँग रात बिताउने अफर प्रदान गर्दैछ एउटा कम्पनीले ।

एरिबिएनबी नामक कम्पनीले यस्तो अफर सार्वजनिक गरेको हो । फ्रान्सको पेरिस स्थित जमिनभन्दा २० मिटर मुनि भूमिगत रुपमा रहेको चिहानमा दुइजना मानिसले रात बिताउन पाउनेछन् । उक्त चिहानखानामा ६० लाख मानिसका अस्थिपन्जर रहेका छन् ।

मानिसका हड्डी तथा खप्परहरुबाटै लामो पर्खाल लगाइएको छ यो चिहानघारीमा । एयरबिएनबीले यो ठाउँमा निजी अधिकार प्राप्त गर्नका लागि साढे ३ लाख युरो भुक्तान गरेको बताइएको छ । यो चिहानघरमा रात बिताउन पाउने दुइजना व्यक्तिलाई एउटा सुत्ने कोठा र ओछ्यान उपलब्ध गराइनेछ । साथै खाजा, खानाका साथै म्युजिक कन्सर्टको सुविधा पनि रहनेछ ।

Las1

यो चिहान सुरुंग सन् २००८ देखि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । त्यसयता यो चिहानखानामा अहिलेसम्म ४ करोड भन्दा बढि मानिसले भ्रमण गरिसकेका छन् । यो ठाउँको प्रयोग विभिन्न हलिउड फिल्मको सुटिंग तथा फेसन शो का लागि पनि गर्ने गरिएको छ ।

अठारौँ तथा उन्नाइसौ सताब्दीको मध्यसम्ममा परेका पेरिसबासीहरुका अस्थिपन्जर उक्त ठाउँमा रहेका छन् ।

हेरौँ उक्त भूमिगत चिहानका केही दृश्यहरु

Las2

Las3

las4

las5

las6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?