+

फेरि सर्‍यो दक्षिण एसियाली खेलकुद

२०७२ कात्तिक  ८ गते १७:१४ २०७२ कात्तिक ८ गते १७:१४
फेरि सर्‍यो दक्षिण एसियाली खेलकुद

८ कात्तिक, काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुद (साग) फेरि सरेको छ । भारतको गुहाटी र सिलोङ्मा हुने तय भएको साग सुरु हुने मिति दोस्रो पटक सरेको हो ।

आसामका मुख्यमन्त्री तरुण गोगोइले प्रतियोगिता अब फब्रुअरी ६ देखि १६ सम्म हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि डिसेम्बर १० देखि २० सम्म हुने तय भएको प्रतियोगिता पछि जनवरी १० देखि २२ सम्म हुने गरी सारिएको थियो ।

आसाम राज्य र केन्द्रीय खेलकुद मन्त्रालयबीचको समन्वयको अभावमा सागको मिति बारम्बार सरको हो । आसाममा जनवरीमा ‘माघ बिहु’ चाड मनाइने भएकाले पनि पूर्व निर्धारित मितिमा प्रतियोगिता गर्न नसकिने मुख्य मन्त्री गोगोईले बताए ।

यसअघि ११ औं साग सन् २०१० मा बंगलादेशको ढाकामा भएको थियो । सागमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान,  माल्दिभ्स र अफगानिस्तान सहभागी हुनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय