+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आधा सिलिन्डर ग्यास बिक्री भोलिबाट, मूल्य ७ सय

१३ कात्तिक, काठमाडौं । काठमाडौंमा भोलि (शनिबार)बाट ग्यास डिपोहरुबाट ग्यासको बिक्री सुरु हुँदैछ । भारतीय नाकाबन्दीपछि चुलिएको ग्यास संकट हटाउन सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १३ गते १६:२८

gas line-2

१३ कात्तिक, काठमाडौं । काठमाडौंमा भोलि (शनिबार)बाट ग्यास डिपोहरुबाट ग्यासको बिक्री सुरु हुँदैछ । भारतीय नाकाबन्दीपछि चुलिएको ग्यास संकट हटाउन सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्ने निर्णय गरेको छ ।

भोलिदेखि उपभोक्ताहरुले आफ्नो नजिकको ग्यास डिपोहरुबाट ७ दशमलव १ किलोग्राम ग्यास भरिएको सिलिन्डर किन्न पाउनेछन् । जसको मूल्य सातसय रुपैयाँ पर्नेछ । पूरा भरिएको सिलिन्डरको मूल्य १४ सय रुपैयाँ थियो ।

ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले अनलाइनखबरसँग भने, ‘यसअघि छिटपुट रुपमा काठमाडौं आएका ग्यास बुलेट लिने कम्पनि मै सिंगो सिलिन्डर बिक्री भएको थियो । तर, यसपटक आधा भरिएका सिलिन्डर बजारका ग्यास डिपोहरुमा आउँछन् ।’

नेपाल आयल निगमले काठमाडौंमा चर्किएको ग्यासको अभावको समस्या टार्न एकैपटक धेरै बुलेट ग्यास भित्राएर आधा सिलिन्डर भरेर बिक्री गर्ने योजना बनाएको छ । जसअनुसार वीरगञ्जबाहेक अन्य नाकाबाट छिटपुट रुपमा भित्रिएका बुलेटलाई एकत्रित गरेर काठमाडौं ल्याईँदैछ ।

तराईबाट ४७ बुलेट ग्यास अहिले काठमाडौंका लागि आउँदै गरेको महासचिव थापाले जानकारी दिए । यसअघि पनि विभिन्न कम्पनिका लागि ग्यास बुलेट काठमाडौं आइसकेका छन् ।

उनीहरुले बिहिबारदेखि नै खाली सिलिन्डरमा आधा ग्यास भर्न सुरु गरेका छन् । ति आधा सिलन्डर भोली शनिबारबाट बिक्रीका लागि बजारमा आउने थापाले पुष्टी गरे ।

‘यसअघि उद्योगहरुमै उपभोक्ताको भिड लागेका कारण बजारसम्म ग्यास आएन । अब भने त्यस्तो हुनु हुँदैन’ महासचिव थापाले भने, ‘ग्यासका उपभोक्ता सबै उद्योग मै पुग्न सक्दैनन् । त्यसैले बजारमा ग्यास आउनुपर्छ ।’

एक बुलेट ग्यासले झण्डै १२ सय ५० सिलिन्डर ग्यास भरिन्छ । तर, आधा सिलिन्डर मात्र ग्यास भर्दा एक बुलेटबाट झण्डै २५ सय उपभोक्ताले ग्यास पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?