+

हंगेरी युरो कपका लागि छनोट

२०७२ कात्तिक  ३० गते ६:४७ २०७२ कात्तिक ३० गते ६:४७
हंगेरी युरो कपका लागि छनोट

Hungary

३० कात्तिक, काठमाडौं । प्ले अफमा नर्वेलाई पराजित गर्दै हंगेरी युरो कप फुटबलका लागि छनोट भएको छ ।

हंगेरीले सन् १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाएको हो । १९८६ मा हंगेरीले विश्वकप खेलेको थियो ।

आइतबार राति भएको प्ले अफको दोस्रो लेगमा हंगेरीले नर्वेलाई २–१ ले पराजित गरेको छ ।

१४ औं मिनेटमा टामस प्रिस्किनको गोलबाट अग्रता लिएको थियो । ८३ औं मिनेटमा उपहार गोल पायो । नर्वेका नाइल्याण्डले आत्मघाती गोल गरे ।

त्यसको चार मिनेटपछि नै हेनरिकसनले नर्वेका लागि गोल गरेपनि हार टार्न सकेनन् ।

पहिलो लेग १–० ले जितेको हंगेरी समग्रमा ३–१ विजयी हुँदै युरो कपमा छनोट भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय