+

नेपालले पपुवा न्यूगिनीको सामना गर्दै

२०७२ कात्तिक  ३० गते ७:२९ २०७२ कात्तिक ३० गते ७:२९
नेपालले पपुवा न्यूगिनीको सामना गर्दै

Nepal-Cricket-Team-1

३० कात्तिक, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज सोमबार नेपाल र पपुवा न्यूगिनी भिड्दैछन् ।

यूएईको अबुधाबीमा हुने खेलमा दुबै टीम उत्तिकै दबावमा हुनेछ र जितका लागि आतुर छन् । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुबै टोलीले हार व्यहारेका थिए । नेपाल स्कटल्याण्डसँग र पपुवा न्यूगिनी नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

च्याम्पियनसिपका ८ मध्ये ६ टीमले २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्नेछन् । नेपालले आज आपनिङमा अनिल मण्डल र सुवास खकुरेलको जोडीलाई उतार्नेछ ।

अनिल पछिल्लो समय लयमा छन् । पाकिस्तानविरुद्ध ६१ रन बनाएका उनले हङकङसँगको दुईदिवसीयमा ६४ नटआउट र ४४ रन बनाएका थिए । ओमानसँगको खेलमा भने उनलाई आराम दिइएको थियो ।

ओमानसँगको खेलमा भने नेपालको सुरुवातका तीन ब्याट्सम्यान आउट भएपछि ब्याटिङमा पुरानै समस्या देखिएको थियो । तर, कप्तान पारस खड्काले ४९ र ज्ञानेन्द्र मल्लले ७१ रन बनाएका थिए ।

अलराउण्डर सागर पुन तेस्रो स्थानमा ब्याटिङ गर्ने सम्भावना छ । त्यसो भएमा ज्ञानेन्द्र, पारस, शरदले आफ्नो नियमित नम्बरबाट झरेर क्रमशः चौथो, पाँचौ र छैटौं नम्बरमा ब्याटिङ गर्नेछन् ।
मेहबुब आलाम सातौं नम्बरमा हुनेछन् ।

बलिङमा सोमपाल कामी, करण केसी, शक्ति गौचन र बसन्त रेग्मी छन् । तर, सोमपाल चोटका कारण खेल्न सक्ने नसक्ने अन्यौल छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय