१ माघ, काठमाडौं । काठमाडौंमा झण्डै साढे ८ सय पोलमा सडकबत्ती जडान हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका विभिन्न क्षेत्रमा सोलारमा आधारित सडकबत्ती विस्तार गर्न लागेको हो । सडकबत्तीकै लागि झण्डै १० करोड रुपैयाँ बजेट खर्च गर्ने काठमाडौं महानगरपालिकाको योजना छ ।
पहिलो चरणमा सौर्य सडकबत्ती जडान गर्न महानरपालिकाले बोलपत्र आह्वानको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
थापागाउँको सडक झिलिमिली बनाइने
अघिल्लो सार्क सम्मेलन अघि रत्नपार्क तथा नयाँबानेश्वर क्षेत्रमा जडान भएका जस्तै बत्ती जडान गर्न लागिएको हो । पोलमै सोलार प्यानल र ब्याट्री सहितको सडकबत्ती जडान हुने
पहिलो चरणमा काठमाडौंको माइतिघर, सिहंदरबारको दक्षिणगेट, थापागाउँ हुँदै नयाँबानेश्वरसम्म पुग्ने सडकमा सौर्य सडकबत्ती जडान गरिने महानगरका भौतिक निर्माण विभाग प्रमुख डा.उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।
अघिल्लो सार्क सम्मेलन अघि रत्नपार्क तथा नयाँबानेश्वर क्षेत्रमा जडान भएका जस्तै बत्ती जडान गर्न लागिएको हो । पोलमै सोलार प्यानल र ब्याट्री सहितको सडकबत्ती जडान हुने रेग्मीले जानकारी दिए । यो क्षेत्रका सडकमा एक सय ३० वटा पालेमा बत्ती जडान हुनेछन् ।
क्षेत्रपाटीमा पनि सडक बत्ती राखिने
यसैगरी सोह्रखुट्टे, क्षेत्रपाटी हुँदै बसन्तपुर क्षेत्रसम्मको सडकमा पनि यही प्रकृतिको सडकबत्ती जडान गर्न महानगरले प्रक्रया अघि बढाएको छ । यो क्षेत्रमा भने एक सय ९ वटा सडकबत्ती जडान हुने रेग्मीले बताए ।
यसैगरी महनरपालिकाले यसैवर्ष अन्य विभिन्न क्षेत्रमा २ सयवटा पोलमै सौर्य प्यानसहितको बत्ती जडान गर्नेछ । ‘सबै पोलमा ४० वाटसम्मका एलइडी लाइट जडान गरिनेछ’ भौतिक निर्माण विभाग प्रमुख रेग्मीले भने-‘सडकबत्ती जोडिएपछि सडक क्षेत्रमा स्थानीयले सुरक्षाको अनुभुति गर्छन् । त्यसैले सकेसम्म धेरै सडकबत्ती विस्तार गर्न लागिरहेका छौं ।’
नयाँबजारमा विशेष योजना
मन्त्रालयले देशभरका मुख्य शहरमा जनताको लागत सहभागितामा सौर्य सडकबत्ती विस्तारको कार्यक्रम ल्याउने तयारी गरिरहेको छ
महानगरपालिकाले काठमाडौं १६ स्थित नयाँ बजार क्षेत्रमा भने सोलारमा नै आधारित भएर सडकबत्ती जडान गर्ने भएको छ ।
महानगरले स्थानीय जुडो हलमा सोलार प्यानल राखेर सौर्य बिजुली उत्पादन गर्ने रेग्मीले बताए । त्यसपछि झण्डै ४ सय पोलमा त्यही बिजुली जडान गरिनेछ । त्यो गर्दा सडकमा छुट्टै पोलको व्यवस्था गर्नुपर्ने छैन ।
विद्युत प्राधिकरणकै पालेमा सोलारबाट उत्पाद भएको बिजुलीलाई तारमार्फत पुर्याएर बत्ती बालिनेछ । यसलाई नमुनाका रुपमा अघि बढाउन लागिएको रेग्मीले जानकारी दिए ।
अर्को वर्षको कार्यक्रम
महानगरपालिकाले आगामी आर्थिक वर्ष सडकबत्तीकै लागि झण्डै १० करोड रुपैयाँ बजेट खर्च गर्नेछ ।
स्थानीय विकास मन्त्रालयले स्थानीयको लागत सहभागितामा थप सडकबत्ती विस्तारको कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।मन्त्रालयले एकवर्षभित्र काठमाडौंका सबै सडकमा सौर्य सडकबत्ती जडान गर्ने गरी महत्वकांक्षी कार्यक्रम तयार गरिरहेको स्रोतले बतायो ।
काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले सडकबत्तीका लागि मन्त्रालयले निश्चित प्रतिशत अनुदानको व्यवस्था गरेर विशेष कार्यक्रम ल्याइने बताएका थिए ।
मन्त्रालयले देशभरका मुख्य शहरमा जनताको लागत सहभागितामा सौर्य सडकबत्ती विस्तारको कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4