+
+

बैंककमा उपचार गरी अनन्त स्वदेश फर्किँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २५ गते १५:११

२५ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’ थाइल्याण्डमा स्वास्थ्य उपचार गरी मंगलबार स्वदेश फर्किँदैछन् । उनी थाइ एयरको विमानबाट काठमाडौं फर्किने छन् ।

Anantजण्डिस बिग्रिएपछि अनन्तलाई गत मंसिर २१ गते उपचार गर्न थाइल्याण्डको बैंककस्थित लगिएको थियो । समितिवेज अस्पतालमा भर्ना भएको ४५ दिनपछि अनन्त डिस्चार्ज भएका थिए ।

अनन्तलाई लिन सभामुख ओनसरी घर्ती दुई साता अघि बैंकक गएकी थिइन् ।

बैंकक लैजानु अघि अनन्तलाई भारतको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।

भारतबाट नेपाल फर्किए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि अनन्तलाई बैंकक लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?