११ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाले आफ्नो प्रतिवन्धविरुद्ध गरेको अपिल फिफाले खारेज गरेको छ ।
अपिल कमिठीले थापाको अपील पूर्ण रुपमा खारेज गरेको हो । यससँगै थापा तत्काल फुटबलमा फर्कने सम्भावना टरेको छ ।
भ्रष्टाचारको आरोपमा फिफाले गत कात्तिक २९ मा एन्फाका तत्कालीन अध्यक्ष थापामाथि फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी १० वर्षको प्रतिवन्ध लगाएको थियो । साथै झण्डै २१ लाख जरिवाना गरेको थियो ।
फिफाको प्रतिवन्धपछि एन्फाबाट बाहिरिएका थापाले त्यसविरुद्ध अपिल गरेका थिए । थापाको अपिल खारेज गरिएको फिफाको वेबसाइटमा उल्लेख छ ।
प्रतिक्रिया 4