Comments Add Comment

फोरम लोकतान्त्रिकको अध्यक्षमा गच्छदार निर्विरोध हुने सम्भावना

उम्मेदवारी दर्ता आज

Bijaya-Kumar-Gachhadar२२ वैशाख, विराटनगर। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी दर्ता आज हुने भएको छ ।

विराटनगरमा साेमबारदेिख  जारी प्रथम राष्ट्रिय अधिवेशनको हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता आज हुने सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी दिए । निर्विरोध नभएको अवस्थामा आज नै मतदान हुने सम्भावना छ ।

पार्टीको नाम परिवर्तनको सम्बन्धमा आन्तरिक रुपमा कार्यकर्तासँग सुझाव सङ्कलन गरिएको थियो । बन्दसत्रमा चारवटा विकल्प माथि छलफल भएको छ ।

पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष विजयकुमार गच्छदारको नाम मात्र सार्वजनिक भएको र उनी निर्विरोध हुने सम्भावना प्रवल रहेको छ । पार्टीका अन्य पदहरुमा पनि निर्विरोध गर्नका लागि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment