६ जेष्ठ, विराटनगर । विराटनगरमा आधुनिक बसपार्क निर्माण हुने भएको छ । विराटनगर उपमहानगरपालिका र नगरविकास कोषबीच आज विराटनगरमा बसपार्क निर्माणका लागि सम्झौता भएसगै वसपार्कको निर्माणले गति पाउने भएको हो ।
यस अघि निर्माण भएको ३७ वर्षपछि सोही स्थानमा अत्याधुनिक सुविधासहितको साढे दुई तले व्यवसायीक भवनसहितको बसपार्क निर्माण हुने भएको हो ।
१५ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजनासहित उपमहानगर पालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मी र नगरविकास कोषका कार्याकारी प्रमुख मणीराम सिंह महतवीच वसपार्क निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विराटनगर-१५ मा अवस्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा वसपार्क निर्माण गरिने छ । विराटनगर उप-महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले एक साताभित्र टेण्डर आहृवान गरी तीन महिनाभित्रै वसपार्कको निर्माण अगाडि वढाइनेे जानकारी दिए ।
नगरविकास कोषका कार्यकारी प्रमुख मणीराम सिंह महतले नगरविकास कोषले मुलुकका २ सय १७ वटा नगारपालिकाको शहरी पुर्वधार निर्माणका सघाउने योजना अनुसार विराटनगर उपमहानगरपालिकाको वसपार्क निर्माणमा पनि आर्थिक सहयोग उपलव्ध गरिएको जानकारी दिए । वसपार्क निर्माण गरिने सम्झौता अनुसार कोष ९० प्रतिशत लगानी रहने छ ।
बसपार्क निर्माणमा नेपाल सरकारले साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरिने छ । जस अनुसार कुल १४ करोड लागत मध्ये १२ करोड ७० लाख रुपैया कोषले ९ प्रतिशत >mणमा रकम उपलव्ध गराएको छ ।नेपाल सरकारको १ करोड ५ लाख अनुदान वसपार्क निर्माणका लागि छ भने विराटनगर उपमहानगरपालिकाकाको ३५ लाख २८ हजार छ ।
विराटनगर उपमहानगरपालिका कार्यालयका अनुसार ३१ कठ्ठा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ । पहिलो तलामा रेष्टुरेन्ट, व्यागेज रुम, रहने बव्यस्था हुने छ ।इन्जिनियर थापाले बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्क भित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा पनि हुने जानकारी दिए ।
दैनिक २७ वटा बस र २८ वटा माइक्रो बस बसपार्कमा आउने-जाने गरी अट्नेछ ।