+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सत्ताइस वर्षदेखि साबुन, पेन्सिल, जुत्ता चप्पल सरकारी गोदाममै

रासस रासस
२०७३ जेठ ८ गते १०:४४

८ जेठ, धनगढी । नेसनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण गर्न २७ वर्षअघि आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका छन् ।

विसं २०४५ मा भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन नेसनल ट्रडिङको धनगढी कार्यालयमा पठाएका मालसामान बिक्री वितरण हुन नसकेपछि २७ वर्षदेखि गोदाममा थन्किइ सडेका हुन् ।

national_tradingप्रत्येक आवको सुरुमा मौज्दात रहेका सामान र तिनको अवस्थाका बारेमा फराम भरी केन्द्रीय कार्यालयमा पठाइने गरिए पनि केन्द्रबाट यी सामान लिलाम गर्ने वा नष्ट गर्ने भन्नेबारेमा कुनै निर्णय हुन नसकेको कार्यालयका प्रमुख रामकृष्ण जोशीले बताए ।

विसं २०४५ को नाकाबन्दीका बेला सुदूरपश्चिमका सबै जिल्लामा रहेका नेसनल ट्रेडिङका डिपोमार्फत त्यति बेला सर्वसाधारणलाई विभिन्न मालसामान बिक्री गरी आपूर्तिको व्यवस्था गरिएको थियो । डिपोमा बिक्री नभएका सामान लिमिटेडको धनगढी गोदाममा ल्याई थन्क्याइएको थियो ।

गोदाममा झन्डै सात÷आठ बोरा म्याद नाघेका विभिन्न प्रकारका साबुन, पेन्सिल, जुत्ता चप्पललगायतका सामग्री मौज्दात छन् । सर्वसाधारणलाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, मेसिनरी सामान, औद्योगिक कच्चा पदार्थलगायतका मालसामान बिक्री वितरण गर्ने जिम्मा लिएको सरकारको पूर्ण स्वामित्वको यो कार्यालयमा वर्षौंदेखि बिक्रीका मालसामान नआएपछि कर्मचारी कामविहीन समेत भएका छन् ।

पानी तान्न प्रयोग हुने मोटरबाहेकका अरु सामान नहुँदा वर्षौंदेखि कार्यालयका चार जना कर्मचारी कामविहीन हुनुपरेको कार्यालयका प्रमुख जोशीले जानकारी दिए

कारोबार नहुने देखिएपछि कार्यालयसँग रहेको झन्डै १६ हजार बोरा अटाउने क्षमताको गोदाम साल्ट ट्रेडिङ कर्पोरेसनलाई भाडामा दिइएको छ । धातुका पाटपुर्जाले बनेको कार्यालयको गोदाम पनि समयमै मरमत र सम्भार हुन नसक्दा चुहिने भई जीर्ण बन्दै गएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?