उत्तरी आयरल्याण्डले युरो कपमा पहिलो जित हात पार्दा एक समर्थनको हृदयघातका कारण निधन भएको छ ।
ऐतिहासिक जित हात पार्ने क्रममा उत्तरी आयरल्याण्डले युक्रेनलाई २-० ले हराएको छ । तर, उसका एक समर्थनका लागि भने यो जित घातक बनेको छ ।
६० वर्षका एथिक समर्थकको लियोनस्त रंगशालामै हृदयघातका कारण निधन भएको छ । वलफास्टबाट आएका समर्थक हृदयघात भएर ढलेका थिए । मेडिकल टिम तत्काल पुगेपनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ ।
आरल्याण्ड फुटबल एशोसिएसनले विज्ञप्ति निकालेर शोक व्यक्त गरेको छ । र, दुखद घडीमा शोक सन्तत परिवारको साथमा बोर्ड, खेलाडी र सबै रहेका बताएको छ ।