+
+

हेर्नुस्, नक्कली प्रमाणपत्रका आधारमा को-को भएछन् डाक्टर (विवरणसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते १५:२७

५ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा छ । त्यहाँबाट ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् ।

यसैगरी चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् । ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पाइएका छन् ।

Nakkali Doctor 1

Nakkali Doctor 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?