Comments Add Comment

‘भाइ’लाई साथ दिन भन्दै गिरान्चौर पुगिन् रेखा, निर्माणमा गरिन् हातेमालो

rekha thapa in giranchaur
सिन्धुपाल्चोकको गिरान्चौर बस्तीमा पुगेर नायिका रेखा थापाले निर्माणमा साथ दिएकी छिन् । रेखाले दिएको साथले हौसला मिलेको हाँस्यकलाकार सिताराम कट्टेलले बताए । उनका अनुसार रेखाको यो उपस्थिती सिंगो चलचित्र क्षेत्रकै उपस्थिती हो ।

‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई नगद १ लाख सहयोग गरेकी रेखाले शनिबार भने आफूलाई बस्ती निर्माण भैरहेको हेर्न मन लागेकाले पुगेको बताइन् । उनले केही समय धुर्मुससँग काम पनि गरिन् ।
rekha and dhurmus in giranchaur
६५ वटा नमुना बस्ती निर्माणका लागि खटिएका कलाकार सितारामसँग रेखाले घर निर्माणको बिषयमा जानकारी पनि लिएकी थिइन् । उनले भनिन्-‘भाइले निर्माण गरिरहेको बस्ती हेर्न पनि मन लागेको थियो । साथै केही समय भएपनि सघाउँ भनेर आएकी हुँ ।’

कलाकारको तर्फबाट रेखाले नै पहिलो पटक बस्ती निर्माणमा सहयोग गरेकी थिइन् । दशैसम्म निर्माण सम्पन्न गर्ने गरि अहिले बस्ती बनाउने काम भैरहेको छ । रेखा पुग्ने वित्तिकै सितारामले फूलमालाले स्वागत गरेका थिए भने रेखाले पनि खदा ओडाउँदै धुर्मुसलाई बधाई दिइन् । साथमा रेखाले स्थानिय बासीसँग कुराकानी पनि गरेकी थिइन् । giranchaur basti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment