+
+

भूकम्प पीडितलाई नयाँ ट्याक्सी दर्ता गर्न दिए आन्दोलन !

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते ६:१३

Taxi-new५ साउन, काठमाडौं । भूकम्पपीडितको नामममा सरकारले ब्रक्हलुट गर्ने गरी नयाँ ट्याक्सी दर्ताको आहृवान गरेको भन्दै नेपाल मिटर ट्याक्सी व्यवसायी संघले तत्काल निर्णय फिर्ता लिन माग गरेको छ ।

संघले सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघले सरकारले भूकम्प पीडितको नाममा ठूलो आर्थिक चलखेल गर्न विनाभन्सार सहुलियत १५ सय ट्याक्सीको खताए आहृवान गरेको भन्दै तत्काल सो निर्णय सच्याउन माग गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

संघका अध्यक्ष चेतप्रसाद गौतमले भने, वास्तविक भूकम्पपीडितलाई विगतमा भएको सहमति कबमोजिम भन्सार सहुलियतसहित ५ सय ट्याक्सी दर्ता गर्नुपर्छ , पीडितको नाममा हाल भइरहेको व्यवसायलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको छ, हामी यसको घोर बिरोध गछौं ।’

उनले सो निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलनमा ट्याक्सी व्यवसायी र चालक पनि उत्रने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?