+

रियो ओलम्पिकमा नयाँ कीर्तिमान बनाउने दाउमा उसेन बोल्ट

२०७३ साउन  १७ गते १३:५५ २०७३ साउन १७ गते १३:५५
रियो ओलम्पिकमा नयाँ कीर्तिमान बनाउने दाउमा उसेन बोल्ट

Usen-Bolt

आगामी शुक्रबारदेखि ३१औं ग्रिष्मकालिन ओलम्पिक सुरु हुनेछ, ब्राजिलको रियो शहरमा हुन लागेको ओलम्पिकमा जमैकन धावक उसेन बोल्टको लक्ष्य एकमात्र हुनेछ कि आफ्नो प्रदर्शनमा अहिलेसम्मकै उत्कृष्ट बनाउने ।

त्यसोत उनी एथ्लेटिक्सको १०० मिटर र २०० मिटर दौडमा विश्व कीर्तिमानधारी खेलाडी हुन् । तर बोल्ड रियोमा आफ्नै कीर्तिमान सुधार गर्ने अभियानमा छन् ।

उनले भनेका छन् कि ‘रियो दि जेनेरियोमा मेरो खेलजीवनकै उत्कृष्ट दौड हुने अपेक्षा मेरो छ । विश्वकीर्तिमान मात्र त्यस्तो उपाधि हो जो अन्य कसैले दावी गर्न सक्दैन ।’

‘हेर्नुस, फुटबलमा ठूलो बहस छ कि विश्वको उत्कृष्ट को हो ? तर कसैलेपनि विवाद गर्न सक्दैन कि विश्वका सबैभन्दा तीब्र एथ्लिट को हुन ।’ बोल्ट घमण्डका साथ भन्छन्, ‘व्यक्तिगत रुपमा मलाई लाग्छ कि मेरो कीर्तिमान लामो समयसम्म विश्व एथ्लेटिक्सको क्षेत्रमा रहनेछ ।’

२९ बर्षीय स्टार जसले यसअघि नै उत्कृष्ट प्रदर्शन गरेर चर्चित बनिसकेका छन् उनलाई अझै उत्कृष्ट गर्न के कुराले प्रेरित गर्‍यो त ? बोल्ट भन्छन्, ‘म राम्रो गर्नमात्र चाहन्न, म त महान हुन चाहन्छु । महान बन्नका लागि मैले अझै जित्नुपर्नेछ ।’

विश्व नम्बर १ स्पि्रन्टरलाई यो पनि सोधियो कि पछिल्लो इन्ज्यूरीले ओलम्पिकको तयारीमा कुनै असर पर्‍यो कि ? उनी भन्छन्, ‘मैले अहिले आराम महशुस गरेको छु । मैले पछिल्लो दुई साता सहजै अभ्यास गर्न पाएँ । म मेरो पुनरागमनमा खुसी छु ।’

धेरै समर्थकहरुको मान्यता यो छ की बोल्टको यो अन्तिम ओलम्पिक हो । उनलाई त्यही सोधियो कि यो तपाईंको अन्तिम ओलम्पिक हुनसक्छ ?

यो मेरालागी अन्तिम ओलम्पिक हो होइन यसको निर्णय मेरा ‘बोस’ले लिनेछन्, सँगै रहेका पुमाका सिइओ जोर्न गुल्डेनलाई इंगित गर्दै बोल्टले जोक गरे, ‘म सम्झौतामा छु ।’

उसेन बोल्ट एथ्लेटिक्स रियो अोलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय