निर्माता तथा निर्देशक करण जोहरले आफ्नो नयाँ चलचित्र ‘स्टूडेन्ट अफ द इयर’को सिक्वेलका लागि नायकको घोषणा गरेका छन् । बरुण धवन, सिद्धार्थ मल्होत्रा, आलिया भट्ट जस्ता कलाकारलाई करणले ‘स्टूडेन्ट अफ द इयर’बाट बलिउडमा डेब्यू गराएका थिए ।
तर, यसको सिक्वेलमा यी नायकहरु दोहोरिने संभावना देखिएको छैन । सफल चलचित्रको सिक्वेलका लागि करणले टाइगर श्राफ मुख्य नायकको रुपमा रहने घोषणा ट्विटरबाट गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्-‘यो औपचारिक घोषणा हो । ‘स्टूडेन्ट अफ द इयर २’लाई पुनित मल्होत्राले निर्देशन गर्नेछन् । जसमा टाइगर श्रफ मुख्य नायक हुन् ।’
टाइगर श्राफले अब बलिउडको ठूलो ब्यानरमा अवसर पाएका छन् । टाइगर चलचित्रमा फाइनल भएसँगै अब यसमा नायिका को हुनेछिन् भन्ने चर्चा पनि सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4