+
+

१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३६ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १२ गते १५:४४

stock-nepse-market१२ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से १७.६१ अंकले बढेर १७४८.२३ अंकमा पुगेको छ । यो दिन होटल र जलविद्युतबाहेक सबै समूहगत उपसूचकहरु बढेका छन् ।

वाणिज्य बैंक समूहको २३.७८ अंकले बीमा समूहको सूचक सबैभन्दा बढी अर्थात ५७ अंकले बढेको छ । त्यसैगरी, फाइनान्स कम्पनीको सूचक १५ अंकले र विकास बैंकको सूचक साढे १० अंकले बढेको छ ।

त्यसैगरी, उत्पादनमूक समूहको ८ अंकले र अन्य समूहको सूचक २ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्जमा १४१ कम्पनीका १३ लाख १५ हजार कित्ता सेयर १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँमा किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?