+
+

मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा परीक्षा दिन पाउने

विजय थापा विजय थापा
२०७३ असोज ४ गते ७:४५

वाशिंगटन डिसी । आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् ।

america_drivingउक्त जानकारी गत सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन )का प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी गराईन  । यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण गरिन ।

उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परीक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी,खादाको साथै प्रशंसा द्वारा विशेष सम्मान गरिएको थियो ।

मातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भै सकेको जानकारी दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले आफु उपस्थित नभए पनि शुभकामना तथा बधाई सन्देश दिनु हुने मेरिल्याण्डका गभर्नर ल्यारी होगनले हामी नेपाली समुदाय संग अझ काम गर्न चाहन्छौ भनि क्रिस्टिनले पढेर सुनाएकी थिइन् ।

र उनले नेपालीहरुका लागि राम्रो कुरा भन्दै तर सवारी साधन सुरक्षित कुदाउन आग्रह गरिन l यसै गरि अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई बिशेष आभार प्रकट गरे ।

मेरिल्याण्डमा अन्य भाषाहरुमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परीक्षामा सहभागी हुन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ ।

प्रत्यक्ष वा परोक्षरुपमा सबैको साथ र सहयोग रहेको कुरा शाखाका उपाध्यक्ष विनोद उप्रेतीले कार्यक्रममा बताए । कार्यक्रममा डिसी महानगर क्षेत्रका केहि बिशेष व्यक्तिहरुले मन्तब्य राखेका थिए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?