+
+

अवैध मेनपावर सञ्चालक पक्राउ

रासस रासस
२०७३ असोज १७ गते १५:३६

arrested१७ असोज, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र ४५ वर्षीय मानबहादुर रिजाल रहेको प्रहरीले जानकारी दिएको छ । ति सबैलाई इप्रका, इटहरीको हिरासतमा लिई आवश्यक थप अनुसन्धान भइरहेको बताइएको छ ।

बरामद भएका राहदानी बाहकलाई बोलाएर उनीसँग सोधपुछ र मेनपावर कम्पनी सञ्चालकबीच भएका कुराकानीलगायतका विषयमा पनि अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?