१७ असोज, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा आज काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको छ ।
ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ र वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ । वैकल्पिक मार्ग प्रयोग गर्न भनेपनि चत्रपथभित्र दिनभर सवारी चल्ने सम्भावना कम छ ।
दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना नरहेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् ।
चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिन्छ । ट्राफ्रिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका क्रममा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ ।
मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।
सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । तर, तिहार मानेर देशका विभिन्न स्थानाबाट काठमाडौं फर्कनेहरु भने मारमा पर्ने देखिएको छ ।
यो पनि पढ्नुहोस्
कतै जाँदै हुनुहुन्छ ? आज दिनभर यी रुट प्रयोग नगर्नुहोस्
प्रतिक्रिया 4