३० कात्तिक, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते पार्टी एकता घोषणा हुने भएको छ । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा हुनेछन् ।
मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकमा पार्टी एकताको सहमति भएको छ । साथै दुबै पार्टीका अध्यक्ष राणा र थापाले यही मंसिर ६ गते एकताको घोषणा गर्नेसहित तीनबुँदे संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार माघचित्र महाधिवेशन हुनेछ । र, अन्तरिम विधान आदान आदान प्रदान भएको छ । यो आगामी महाधिवेशनबाट नयाँ विधान तयार नभएसम्म कायम रहनेछ ।
अब कमल थापा सत्तारुढ दलको नेता
राप्रपा र राप्रपा नेपालबीच साउन २५ गते नै पार्टी एकता घोषणा गर्ने समझदारी भएको थियो । तर, २४ गते राप्रपाले प्रचण्ड सरकारमा सहभागी हुने घोषणा गरेपछि एकता भाँडिएको थियो ।
राप्रपाबाट दुई मन्त्री बने भने कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रतिपक्षमा बस्यो । तर, अब पार्टी एकताको नयाँ सहमति भएको छ । र, एकतापछि पनि राप्रपा सरकारमै बस्नेछ ।
साथै कमल संसदीय दलको नेता हुनेछन् । संसदमा राप्रपा नेपालका २५ र राप्रपाका १३ सांसद छन् ।
प्रतिक्रिया 4