+
+

प्रचण्डबाट राप्रपालाई सत्तापक्षको व्यवहार गरिएनः दिलनाथ

एमाले, कांग्रेस र राप्रपा मिले भने के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते १४:४१

११ मंसिर, काठमाडौं । राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीमाथि कांग्रेस र माआवादीले सत्तापक्षको जस्तो व्यवहार नगरेको गुनासो गरेका छन् ।

dilnath_giriयही अवस्था रहने हो भने सरकारबारट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने सम्मको पहल हुन सक्ने गिरीले चेतावनीसमेत दिएका छन् ।

‘प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसले हामीलाई सत्तापक्षको व्यवहार गरेको छैन,’ गिरीले अनलाइनखबरसँग भने,’ बालुवाटारमा सत्तापक्षको बैठक बस्छ, तर दुईवटा मन्त्रालयको प्रतिनिधित्व गर्ने राप्रपालाई त्यहाँ बोलाइँदैन ।’

यही विडम्बना रहिरहे सत्ता समीकरण फेरिन सक्ने र राप्रपाले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन सक्ने गिरीले बताए । उनले भने-‘यस्तै हो भने सत्ता समीकरण फेरिन पनि सक्छ, राप्रपा, एमाले र कांग्रेस मिल्यो भने माओवादी केन्द्र प्रतिपक्षमा बस्न बाध्य हुनुपर्ने दिन पनि आउन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले कमल थापालाई सरकारमा आउन आग्रह गरे पनि कांग्रेसले अहिलेसम्म केही पनि रेस्पोन्स नगरेकाले अहिले नै पार्टी अध्यक्ष प्रचण्ड सरकारमा सहभागी हुने भन्नेबारे पार्टीले कुनै निर्णय गरिनसकेको गिरीले अनलाइनखबरलाई बताए ।

यसैवीच पार्टी एकीकरणपछि संसदीय दलको नेता चयनका लागि आइतबार राप्रपाले संसदीय दलको बैठक डाकेको गिरीले बताए । गिरी राप्रपा नेपालका प्रमुख सचेतक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?