Comments Add Comment

निखिल आफ्नै मर्जिको ‘किङ्ग’, वेनिशाको प्रेममा अनुप पनि

anup-benisha-and-nikhil
नायक निखिल उप्रेतीको एक्सनले भरिएको चलचित्र ‘किङ’ पौष २८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर यसका मुख्य कलाकार निखिल उप्रेती, अनुप विक्रम शाही, वेनिशा हमाल उत्साहित छन् । चलचित्रको बजारमा चलेको चर्चाले पनि यी ३ लाई उत्साहित बनाएका हो ।

निखिल भन्छन्-‘वीग बजेटमा एउटा सम्पूर्ण पक्षबाट उत्कृष्ट चलचित्र दिने प्रयास हाम्रो हो । चलचित्रमा म किंगकै भूमिकामा छु । म समाजमा आफ्नो मर्जिको किंगको भूमिकामा देखिएको छु । किंग हरेक मान्छे भित्र लुकेको हुन्छ, तपाई पनि आफ्नो मर्जिको किङ्ग, म पनि ।’

अर्का कलाकार अनुप विक्रम शाहीले आफूलाई खलनायकको रुपमा नलिन दर्शकलाई आग्रह गरे । उनले भने-‘मलाई सधै नै एक्सन-थ्रीलर मनपर्छ । यसमा पनि म यस्तै भूमिकामा छु ।’ यो चलचित्रमा नायिका वेनिशा हमालका लागि निखिल र अनुपको लडाई देखाइएको छ । वेनिशाले भनिन्-‘मलाई लभ स्टोरी चलचित्र खुबै मनपर्छ । किंगमा मैले चाहेको जस्तै लार्जर देन लाइफ बिषय छ, जुन म निर्वाहा गर्न चाहन्थेँ । यसकारण, म निकै खुशी र उत्साहित छु ।’

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमो यो चलचित्र तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment