चलचित्र ‘मेला’को केहि दृश्यहरु बाहिरिएका छन् । हेटौडा र विरगञ्जमा छायांकन भैरहेको यो चलचित्रका केहि दृश्यमा रोमान्स, एक्सन र प्रेम देखाइएको छ ।
बसन्त निरौलाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अशिष्मा नकर्मी, सलोन बस्नेत र आमेष भण्डारीको मुख्य भूमिका छ ।
सार्वजनिक भएका केहि तस्बिरमा कतै सलोन अशिष्मालाई बाइकमा घुमाउँदै छन् भने कतै आमेष अशिष्माकै लागि लडाई गरिरहेका छन् । हरि पन्त र मनोज मरोडियाको लगानी यो चलचित्रमा छ ।
चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ । चलचित्रको बिषयमा यसको निर्माणपक्षले केहि पनि बोलेको छैन । तर, चलचित्र त्रिकोणात्मक प्रेम कथामा बनिरहेको तस्बिर हेरेर पनि अड्कल लगाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4