+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्यटन प्रवद्र्धन गर्न आलितालमा मन्दिर निर्माण

रासस रासस
२०७३ माघ २० गते ९:३६

२० माघ, डडेल्धुरा । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् ।

आलिताल क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउनका लागि स्थानीयवासीले आलितालको प्रवेशद्वारमा भगवती माताको मन्दिर निर्माण गरेको स्थानीयवासी रघुवीर धामीले जानकारी गराए ।

धार्मिक आस्थाले पनि महत्व राखेको आलितालमा सोही गाविस–४ चनला, पड्याम, आमसैनका बासिन्दाले जनश्रमदान गरी पर्यटकीय आलितालमा माता भगवतीको मन्दिर निर्माण गरेको आलिताल गाविसका सचिव जयसिंह साहुले बताए।

बुधबार वसन्त पञ्चमीको अवसर पारेर परशुराम नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयको प्रमुख आथित्यमा मन्दिरको उद्घाटन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष गगनबहादुर बोहराले जानकारी गराए।

डडेल्धुरा आलिताल गाविसको गोदामबाट तीन किलोमिटर टाढा समुद्री सतहबाट आठसय मिटर उचाइमा महाभारतको काखमा लम्बाइ एकहजार एकसय ७५ मिटर र चौडाइ करिब चारसय मिटर रहेको ताललाई व्यवस्थित गरी तालको पर्यटकीय र धार्मिक महत्वका बारेमा प्रचार गर्नसके यो क्षेत्रकै महत्व बढ्ने देखिन्छ ।

जीर्ण बन्दै गइरहेको तालको संरक्षणमा स्थानीयवासी लाग्नुपर्ने र तालको संरक्षण र संवद्र्धनमा आफूले पनि सक्दो सहयोग गर्ने इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख पाण्डेयले मन्दिर उद्घाटनका क्रममा बताए ।

स्थानीय र सरोकारवालाले तालको संरक्षण नगर्दा तालको महत्व घट्नुका साथै तालको अवस्था जीर्ण बन्दै गइरहेको छ ।

महाभारतको काखमा रहेको आलिताललाई स्थानीय र सरोकारवाला निकायले तालको महत्वलाई प्रचारप्रसार गरी राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउन सके पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको स्थानीयवासी लालबहादुर महराले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?