+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राष्ट्रिय पुस्तक मेला सुरु, तीन दर्जन प्रकाशकको जमघट

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ५ गते २०:१०

काठमाडौं । तेस्रो राष्ट्रिय पुस्तक मेला आजबाट राजधानीमा सुरु भएको छ ।

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ र नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवन कमलादी परिसरमा सुरु भएको हो । मेलामा प्रज्ञा-प्रतिष्ठान, साझा प्रकाशन, एकता बुक्स, रत्न पुस्तक भण्डार, फाइनप्रिन्ट, हिमाल किताब लगायत तीन दर्जन प्रकाशकका पुस्तकहरु राखिएका छन् ।

पुस्तकहरुमा २० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले जनाएका छन् ।

मेलाको उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पाठकहरुसम्म पुस्तक पुर्‍याउन यस्ता मेलाको आवश्यकता रहेको बताए । पुस्तक बिक्रेता तथा प्रकाशक संघका महासचिव लिखत पाण्डेले प्रकाशन व्यवसायको प्रवर्द्धन तथा पठन संस्कृतिको विकासका लागि आगामी वर्ष पनि पुस्तक मेलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यस्तै, संघका निर्वतमान अध्यक्ष तथा लेखक वसन्त थापाले राज्यले पुस्तक प्रकाशन व्यवसायलाई उद्योगका रुपमा पहिचान गरी सहुलियत दिनुपर्नेमा जोड दिए । बिहीबारदेखि सुरु भएको मेला फागुन १४ गते शनिबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?