८ फागुन, इलाम । नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक जिल्ला शाखाको महिला अध्यक्ष पाएको छ । इलाम शाखाको आइतबार भएको १०औं जिल्ला अधिवेशनबाट कोकिला ढकाल अध्यक्षमा निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सुजन तिम्सिना, महिला उपाध्यक्षमा कौशिला राई, सचिवमा ख्याम भुजेल, खुल्ला सह-सचिवमा राजेश पराजुली, समावेशी सह-सचिवमा बलराम बराइली र कोषाध्यक्षमा जय राई चयन भएका छन् ।
सदस्यहरुमा नमिन ढकाल, गोपाल निरौला, ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरागाई, योगेन्द्रकुमार शङ्कर, बुद्धमाया सोङ्मी, दिवाकर भण्डारी, दिनेशकुमार महत र सन्तोष नेम्वाङ चयन भएका छन् ।
केन्द्रीय पार्षदमा सुष्मा श्रेष्ठ, डिल्ली चापागाइ, इन्दिराकुमारी घिमिरे, रिता राई, सटेन्द्रकुमार जवेगु, भीमप्रसाद चापागाई, प्रकाश अधिकारी, विमल दाहाल, बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दाहाल, अशोककुमार प्रधान र मोहनमान श्रेष्ठ चयन भएका छन् ।
प्रदेश पार्षदमा कुमार गुरुङ, भीमसंगम कार्की, सुमन राई, गोविन्दप्रसाद लामिछाने, अमृत सुब्बा, सोम सुनुवार, नवराज वर्देवा, मंगेस खालिङ, सुमन लावती, याम मावोहाङ, मिलन आर्चाय, विचारसिंह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, विष्णुकान्त भट्टराई, युवराज पिसी, फणीन्ऽ संगम सापकोटा र प्रेमप्रसाद भण्डारी चयन भएको जनाइएको छ ।