Comments Add Comment

सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’


नेपाली चलचित्र क्षेत्रमा निर्माता अर्जुन कुमार स्थापित भैसकेका छन् । ‘चपली हाइट, चपली हाइट २’ जस्ता चलचित्रका सफल निर्माता अर्जुन कुमारले लामो समयदेखि एउटा चलचित्र बनाउने बताइरहेका थिए । अब, उनको उक्त प्रोजेक्टको छायांकन सुरु हुने भएको छ ।

अर्जुनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘फाटेको जुत्ता’ हो । अर्जुनले यो नाममा चलचित्र बनाउने बताउँदै आएका थिए । चलचित्रको निर्देशन निकेश खड्काले गर्दैछन् । जसले यसअगाडि ‘जिन्दगी रक्स’ नामक चलचित्र निर्देशन गरेका थिए ।

यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झाँ, सन्दिप क्षेत्री, वुद्धि तामाङ, रमेश रन्जन झा, आमिर गौतम लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यी सबै कलाकारलाई अहिले दर्शकले सर्वाधिक धेरै रुचाएका छन् । चलचित्रमा, शंकर थापाको संगीत रहनेछ ।

चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु हुने निर्माता अर्जुन कुमारले जानकारी दिए । उनका अनुसार, यो चलचित्र पूर्ण कमेडी बिषयमा बन्नेछ । अर्जुनले भने-‘चलचित्रको सुरुवातदेखि अन्त्यसम्म दर्शकले पूर्ण मनोरञ्जन लिनुहुनेछ । चलचित्रका कलाकार हेर्दा पनि त्यो थाहा हुन्छ ।’

अर्जुनले भने-‘दर्शकले मेरो निर्माणमा बन्ने चलचित्रमा सधै नै स्तरियता खोज्नुहुनेछ । फाटेको जुत्तालाई पनि हामीले दर्शकको अपेक्षा अुनसार निर्माण गर्नेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment