+
+

नयाँ भारतीय राजदूत काठमाडौं आए

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १२ गते १२:१६


१२ चैत, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् ।

शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ ।

सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् ।

निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।

काठमाडौँ आएका राजदूतलाई भारतीय दूतावासका कर्मचारीले विमानस्थलमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?