Comments Add Comment

‘प्रेमगीत २’को कभर प्रतिस्पर्धा, पहिलो विजेताले गाए गीत


‘प्रेमगीत २’ निर्माण गरेको आशुसेन फिल्मस्ले पुनः कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ । सहभागीले बैशाख १ गते रिलिज हुने शीर्ष गीतमा कभर गीत निर्माण गर्न सक्ने निर्माता सन्तोष सेनले बताएका छन् ।

रोहितजोन क्षेत्री र श्रेया सोताङले आवाज भरेको गीतमा युट्युव कभर सङ बनाउन सकिने निर्माणपक्षले बताएको छ । यसपटक पुरुष र महिलाका लागि अलग अलग प्रतिस्पर्धा गर्ने र दुबै विजेताले नगद १-१ लाख पुरस्कार प्राप्त गर्न सक्नेछन् । ‘प्रेमगीत’मा कभर गीत गाएर पहिलो भएका संसार राइले ‘प्रेमगीत २’का लागि गीत रेकडिङ गराइसकेका छन् ।

साउन १३ गते रिलिज हुने यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । नेपाल, थाइल्याण्ड र बर्मामा यो चलचित्रको छायांकन गरिएको छ । संसारले रेकडिङ गरेको गीतलाई यसको निर्माणपक्षले पनि प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment