+

सेभियामाथि बार्सिलोनाको सहज जीत , रियलमाथि दबाव कायमै

२०७३ चैत  २४ गते ९:२० २०७३ चैत २४ गते ९:२०
सेभियामाथि बार्सिलोनाको सहज जीत , रियलमाथि दबाव कायमै

२४ चैत, काठमाडौं । लिओनल मेस्सीको दुई गोलसँगै बार्सिलोनाले सेभियामाथि सहज जित हात पारेको छ र, ला लिगामा लिग लिडर रियल मडि्रडमाथि दबाव कायमै राखेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले चौथो स्थानमा रहेको सेभियालाई ३-० ले हराएको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले २५ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै मेस्सीले अग्रता दोब्बर पारे ।

पहिलो गोल गरेको पाँचौं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-० ले अगाडि रहृयो ।

दोस्रो हाफमा भने दुबै टोलीले गोल गर्न सकेनन् तर, अन्तिममा मचिन पेरेजले रातो कार्ड खाँदा सेभियाले १० खेलाडीमा रहेर खेल टुंग्याएको थियो ।

जितपछि बार्सिलोनाको ३० खेलबाट ६९ अंक भएको छ । लिग लिडर रियल मडि्रडको ७१ अंक छ तर, उसले एक खेल कम खेलेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय