Comments Add Comment

गुजरातलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

३ बैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले गुजरात लायन्सलाई ६ विकेटले हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईमा गुजरातले प्रस्तुत गरेको १७७ रनको लक्ष्य घरेलु टोलीले मात्र ३ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि नितिश रानाले ५३ रनको महत्वपूर्ण पारी खेले भने रोहित शर्मा ४० रनमा अविजित रहे । यस्तै किरण पोलार्डले ३९ रन जोडे भने जोस बट्लरले २६ रनको पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले ब्रेन्डन म्याकलमको ६४ रनको मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका दिनेश कार्तिक ४८ रनमा अविजित रहे ।

जितसँगै ५ खेलबाट ८ अंक जोडेको मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment