+
+

डीआईजी नवराज सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ११ गते १५:१७

११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको छ ।

आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै डीआईजी सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा आजै रिहा गर्न आदेश दिएको छ ।

प्रहरीको छानबिन टोलीले डीआईजी सिलवाललाई सोमबार नियन्त्रणमा लिएको थियो ।

यो पनि पढ्नुहोस् 

डीआईजी नवराज सिलवाल पक्राउ

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

आईजीपी अर्याललाई काम गर्ने बाटो खुला, सिलवालको रिटमा अन्तरिम आदेश भएन

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्, चन्द भने सहभागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?