२८ बैशाख, काठमाडौं । एनएमबी बैंक र अरुण भ्याली हाइड्रोपावर दुवैले नयाँ सेयर (एफपिओ) निष्कासन गर्ने भएका छन् ।
एनएमबी बैंकले १ करोड १४ लाख कित्ता सेयर जारी गर्ने भएको छ । प्रिमियम मूल्य राखेर बैंकको सेयर बिक्री गर्ने भनिएपनि मूल्य भने खुलाइएको छैन् । बैंकको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।
यता, अरुण भ्याली हाइड्रोपावर कम्पनीले पनि ३१ लाख ५७ हजार ८ सय ८३ कित्ता एफपीओ जारी गर्ने भएको हो । कम्पनीले सेयर संरचना ५१ः४९ अनुपातमा सेयर स्वामित्व कायम गर्न एफपीओ जारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
अरुण भ्यालीको अरुण काबेलीमा ३५ प्रतिशत लगानी रहेको छ । अरुण काबेलीले २५ मगावाटको काबेली बी १ हाइड्रोपावर अयोजना निर्माण गरिरहेको छ भने यस आयोजनाको हाल ९० प्रतिशत काम सम्पन्न भएको खबर सार्वजनिक भएको छ ।
काबेली बी १ हाइड्रोपावर अयोजना नजिक बन्ने ९.९४ मेगावाटको काबेली बी क्यासकेड हाइड्रोपावरको निर्माणमा अरुणभ्याली हाइड्रोपावरले एफपीओबाट प्राप्त हुने पुँजी लगाउने सम्भावना रहेको छ । त्यस्तै, यस सूमहको १४.४ मेगावाटका अन्य आयोजना पनि यही समूहले सञ्चालन गरिरहेको छ ।
अरुण काबेलीबाट अरुण भ्यालीले पाउने आम्दानीको विश्लेषण लगायतबाट कम्पनीले जारी गर्ने एफपीओको प्रिमियम मूल्य तोक्ने भएको हो ।
प्रतिक्रिया 4