+
+

सल्यानको बनगाड कुपिन्डेमा कांग्रेस–एमाले गठबन्धन र माओवादीबीच कडा प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १४:११

३ जेठ, सल्यान । कांग्रेस–एमालेले गठबन्धन गरेर माओवादी केन्द्रसँग भिडेको सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा कडा प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेस–एमाले गठबन्धनका तर्फबाट एमाले जिल्ला अध्यक्ष गोविन्द पुन नगरपालिकाको प्रमुखका लागि मैदानमा उत्रिएका छन् भने माओवादी केन्द्रका तर्फबाट पनि पोलिटव्यूरो सदस्य तथा जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी मैदानमा उत्रिएका छन् ।

उपप्रमुखमा कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेसका दिपेन्द्र विष्ट र माओवादी केन्द्रका तर्फबाट मञ्जु यरी मैदानमा उत्रिएका छन् ।

कांग्रेस–एमाले गठवन्धन र माओवादीले ३-३ वडा जिते

माओवादीका कर्ण बहादुर बुढाथोकीले २ हजार ६५४ मत पाएका छन् ।  कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार गोविन्द पुनले २ हजार ४३२ मत पाएका छन्।

कांग्रेस-एमाले गठबन्धनका उपप्रमुख पदका उम्मदेवार दिपेन्द्र विष्टले २ हजार ५३९ र  माओवादीका उपप्रमुख उम्मेदवार मञ्जु यरीले २ हजार ४९३ मत पाएकी छन् ।

अहिलेसम्म वडा नम्बर १, १० र १२ मा कांग्रेस–एमाले गठवन्धनको वडा अध्यक्षसहित प्यानल नै विजयी भएको छ । वडा नम्बर २, ३ र ११ मा वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

मतगणना केन्द्रमा रहेका पत्रकार इन्द्रबहादुर बुढाथोकीका अनुसार अहिले वडा नम्बर ४ को मतगणना जारी छ भने वडा नम्बर ५, ६, ७, ८ र ९ मतगणना गर्न बाँकी छ ।

कुल मतदाता १६ हजार ३ सय १५ रहेको बनगाड कुपिन्डे नगरपालिकामा १२ हजार १ सय ७ मत खसेको थियो ।

एमाले नेता तथा सांसद प्रकाश ज्वाला, नेता गुलाबजंग शाहलगायतको गृह क्षेत्र रहकाले पनि बनगाड कुपिन्डे नगरपालिका ‘इज्जतको सवाल’ बनाएर एमाले नेताहरुकै विशेष पहलमा कांग्रेससँग मिलेर चुनाव लडिएको एमाले नेताहरु नै बताउँछन् । उसो त माओवादी केन्द्रले पनि जिल्ला संयोजक नै लडेको र ठूला दुई पार्टीको गठबन्धन तोड्न सके ‘ऐतिहासिक जीत हुने’ विश्लेषण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?