Comments Add Comment

धादिङको नेत्रावती र थाक्रे गाउँपालिकामा एमाले विजयी

३ जेठ, धादिङ । धादिङको थाक्रे र नेत्रावती गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ ।

थाक्रेमा एमालेका रामकुमार आचार्य ८ हजार २ सय ३४ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकुमार लामाले ५ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकै अम्बिका रुपाखेती ८ हजार ३ सय २२ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अमृता थापा ६ हजार ६ सय ९० मतमा सीमित रहँदै पराजित भइन् ।

धादिङकै नेत्रावती गाउँपालिकामा एमालेका दुर्गाकुमार शाक्य १ हजार ६ सय ४७ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकजंग लामाले १ हजार ५ सय ७३ मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला तामाङ १ हजार ५ सय ४२ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी मीना तामाङ १ हजार ४ सय ९५ मत ल्याएर पराजित भइन् । एमाले विरुद्ध यी दुवै गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

यसअघि एमालेले सिद्धलेक गाउँपालिका र धुनीबेसी नगरपालिकामा जित हासिल गरिसकेको छ भने रुबीभ्याली गाउँपालिकामा राप्रपा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment