+
+

बागलुङको ढोरपाटनमा एमालेका देवकुमार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते २०:४४

३ जेठ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमालेका देवकुमार नेपाली र उपमेयरमा एमालेकै करमती घर्ती विजयी भएका छन् ।

मेयरमा विजयी नेपालीले २ हजार ६ सय ९२ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९ सय ४६ मत पाएका थिए ।

यस्तै उपमेयर घर्तीले २ हजार ७९ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दिलमाया पौवीले २ हजार ४९ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?