+
+

दैलेखको परिणाम: ७ स्थानीय तहमा एमाले, ४ मा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ४ गते १३:४९

४ जेठ, दैलेख । दैलेखमा रहेका जम्मा ११ वटा स्थानीय तहको मतगणना सकिएको छ ।

अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेले २ नगरपालिका सहित ७ स्थानमा जितेको छ भने नेपाली कांग्रेस ४ स्थानीय तहमा विजयी भएको छ ।

दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको मेयरमा एमालेका रत्नबहादुर खड्का र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेको तर्फबाट प्रमुख जित्नेहरुमा आठबीस नगरपालिकाबाट खड्गराज उपाध्याय, भगवतीमाई गाउँपालिकाबाट दानबहादुर थापा र महाबु गाउँपालिकाबाट जंगबहादुर शाही रहेका छन् ।

उता भैरवी गाउँपालिकाबाट प्रेमबहादुर बुढा र ठाँटीकाँध गाउँपालिकाबाट धीरबहादुर शाहीले एमालेको तर्फबाट प्रमुखमा विजयी भएका छन् ।

दैलेखमा कांग्रेसले १ नगरपालिका सहित ५ गाउँपालिकामा जितेको छ । कांग्रेसको तर्फबाट दुल्लु नगरपालिको मेयरमा घनश्याम भण्डारीले जितेका छन् ।

कांग्रेसले जितेका गाउँपालिकाका अध्यक्षहरुमा डुङ्गेश्वर गाउँपालिकाबाट नगेन्द्रबहादुर मल्ल, नौमूले गाउँपालिकाबाट भदे (भविराम) बुढा र गुराँस गाउँपालिकाबाट खेमराज ओली रहेका छन् ।

दैलेखमा ११ स्थानीय तह अन्तर्गत रहेका जम्मा ९० वडामध्ये ५४ मा एमाले, ३३ मा कांग्रेस, २ वडामा नेमकिपा र १ वडामा राप्रपा विजयी भएका छन् । माओवादी केन्द्रले भने कुनै पनि वडा जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?