+
+

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन सार्न फेरि छलफल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते ६:२६

३१ जेठ, काठमाडौं । तीनपटक सरेर असार १४ मा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । आज प्रकाशित पत्रपत्रिकाहरुले राजपालाई मनाउनका लागि २ र ५ नम्बर प्रदेशको चनाव सर्ने संकेत देखिएको जनाएका छन् । प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ६ जना न्यायाधीशको नाम सिफारिस गरेको विषय पनि आजका पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ ।

गोरखापत्र दैनिकले निर्वाचनमा राजपालाई सहभागी गराउन दलहरुबीच मंगलबार भएको छलफललाई मुख्य खबर बनाएर छापेको छ । प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस भएकोदेखि सरकारको निवेदन सर्वोच्चले अस्वीकार गरेकोसम्मका खबर गोरखापत्रमा छ ।

नयाँ पत्रिका दैनिकले निर्वाचन सार्न फेरि दलहरुबीच छलफल भएको लेखेको छ । प्रदेश २ र ५ को निर्वाचन सर्ने संकेत नै देखिएको नयाँ पत्रिकाले लेखेको छ । प्रधानन्यायाधीशमा ६ जना सिफारिस भएको खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

निर्वाचन सार्नेबारे दलहरुबीच पुनः छलफल सुरु भएको राजधानीले जनाएको छ । मनसुन सुरु भएको खबरलाई राजधानी दैनिकले एंकर बनाएको छ ।

कान्तिपुर दैनिकले असार १४ अन्योलमा परेको जनाएको छ भने नागरिक दैनिकमा संसद् सचिवालयले मनपरी गाडी खरिद गरेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?