+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाबु गाउँपालिका प्रमुख र छोरा वडाध्यक्षको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते ९:४८

७ असार, ओखलढुंगा । आसन्न स्थानीय चुनावमा खिजीदेम्बा गाउँपालिकाको प्रमुखमा रेखनाथ बाबुछोराको प्रतिस्पर्धा टरेको छ । तर, दुबै उम्मेदवार बनेका छन् ।

रेखनाथ न्यौपाने राप्रपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । उनका छोरा कमल न्यौपाने भने नेकपा एमालेबाट गाउँपालिका वडा नं. ४ बाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

कमलले पनि गाउँपालिका प्रमुखको टिकट दाबी गरेका थिए । तर, जनजातिको बाहुल्यता रहेको गाउँपालिकामा एमालेले लाक्पा गेल्बु शेर्पालाई अघि सारेको छ । उनी अहिले वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

रेखनाथ राप्रपाका जिल्ला नेता हुन् । यद्यपि यहाँ कांग्रेस र एमालेकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । ०७० को संविधान सभानिर्वाचनमा एमालेका सांसद यज्ञराज सुनुवारले यो इलाकाबाट ४ भोट बढी ल्याएका थिए ।

खिजीदेम्बा गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारहरुले काट्ने भोटले एमाले र कांग्रेस कसले बाजी मार्छ भन्ने भर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?