+
+

सल्यानका १० स्थानीय तहमा कर्मचारी खटिए

रासस रासस
२०७४ साउन ११ गते ८:३०

११ साउन, सल्यान । जिल्लाका १० वटा स्थानीय तहमा कर्मचारी खटाइएको छ ।

गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहअन्तर्गत नगरपालिका तथा गाउँपालिकामा कर्मचारी खटाएको हो । स्थानीय तहमा खटाइएका कर्मचारीमा जिल्ला कृषि विकास कार्यालयबाट ४४ जना, जिल्ला समन्वय समितिबाट ३७ जना, पशुसेवा कार्यालयबाट ३७ जना, जिल्ला शिक्षा कार्यालयबाट २५ जना, महिला तथा बालबालिका कार्यालयबाट १२ जना खटाइएको छ ।

त्यसैगरी, जिल्ला प्राविधिक कार्यालयबाट छजना, जिल्ला वन कार्यालयबाट छजना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट पाँचजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार, जिल्ला युवा समितिको कार्यालयबाट तीन र जिल्ला भूसंरक्षण कार्यालयबाट दुईजना गरी १८१ जना कर्माचारी स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकबाट स्थानीय तहमा हाल सदरमुकाममा रहेका विषयगत सरकारी कार्यालयबाट गाउँस्तरमा कर्मचारी खटिएसँगै स्थानीयले संघीयता लागू भएको तथा सिंहदरबारको सेवा गाउँमै प्राप्त गर्ने महसुस हुने उनले बताए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?