Comments Add Comment

मुस्ताङको हिँउमा सपनाको मस्ती (भिडियो)

मुस्ताङको सेताम्मे पृष्टभूमि, निरन्तर वषिर्रहेको हिँउ, अनि तीन युवायुवतीको मस्ती । यहि रोमाञ्चक दृश्य छ, ‘मनले जसलाई’ गीतमा । विन्दास शैलीको यो भिडियो फिल्म ‘विन्दास लाइफ’को हो । उक्त गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

गीत भिडियोमा सपना लामिछाने, प्रथम खड्का लगायतले अभिनय गरेका छन् । भिडियोले छनक दिन्छ, यो त्रिकोणात्मक प्रेममा आधारित छ । मुस्ताङमा एक साता लगाएर छायांकन गरिएको भिडियोको सिर्जन बरालले कोरियोग्राफी गरेका हुन् । दुर्गा खरेल र के बस्नेतले गाएको गीतलाई अर्जुन पोखरेलले संगीत दिएका हुन् । यो फिल्म पुस २१ गते सार्वजनिक हुनेछ । चलचित्र राजु गिरीले निर्देशन  गरेका हुन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment