१ भदौ, काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले बर्दियामा झण्डै ७५ हजार प्रभावित भएका छन् ।
जिल्ला दैवी प्रकोप उद्दार समितिका अनुसार ७४ हजार ३२९ जना प्रभावित भएका छन् । उनीहरुमध्ये २४ हजार ७३४ जनाले ४१ स्थानमा स्थानमा आश्रय लिइरहेका छन् ।
पाँच ठाउँमा स्वास्थ्य शिविर चलाइएको छ । धेरै जसोमा रुघाखोकी, ज्वारो, चिलाउने र हातखुट्टा दुख्ने समस्या देखिएको छ ।
बाढीका कारण २ हजार १७३ घरधुरी पूर्ण रुपमा र ८ हजार ९६२ घरधुरी आंशिक रुपमा प्रभावित भएका छन् ।
जिल्लामा बाढीमा परी ५ जनाको मृत्यु भएको छ । ९ हजार ६०१ जनाको उद्दार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4