२ कात्तिक, काठमाडौं । भद्रपुरबाट काठमाडौंका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा एसी नचलेपछि बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
जहाजमा सामान्य समस्या आएका कारण एसी नचलेको र तत्काल बिराटनगरमा अवतरण गराइएको सौर्य एयरलाइन्सले पुष्टि गरेको छ ।
एयरलाइन्सका प्रमुख दीपक पोखरेलका अनुसार भद्रपुरबाट साढे १ बजे उडेको केहि समयपछि नै समस्या देखिएको र तत्कालै बिराटनगर विमानस्थलमा अवतरण गरिएको हो ।
जहाजको मर्मत भइरहेको छ आजै मर्मत गरी काठमाडौंका लागि उडान गर्ने पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।
विमानको एसी बिग्रिएपछि यात्रुको स्वासप्रस्वासमा समस्या आउने, कान थुनिएजस्तो हुने लगायतका समस्या आउँछ ।