+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेयरमा हारेका बिमल श्रीवास्तव प्रतिनिधिसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ९:५७

२५ मंसिर, पर्सा । स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित बिमल श्रीवास्तव पर्सा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका अजय कुमार चौरसियालाई १ हजार ४६५ मतअन्तरले हराए ।

श्रीवास्तव २१ हजार १६९ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ठाकुर प्रसाद खरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७०४ मत पाएका छन् ।

श्रीवास्तव स्थानीय चुनावमा लोकतान्त्रिक फोरमबाट वीरगञ्जको मेयरमा लडेका थिए । राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरको चुनाव लडे पनि त्यतिबेला उनको पक्षमा नतिजा आएन । तर, अहिले राजपाको समेत समर्थनमा श्रीवास्तवले प्रतिनिधिसभा निर्वाचन जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?