+
+

कास्कीमा ३७ र तनहुँमा ४२ जनाको जमानत जफत

अमृत सुवेदी अमृत सुवेदी
२०७४ मंसिर २८ गते ११:४७

२८ मंसिर, पोखरा । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका कास्कीमा वाम गठबन्धन र कांग्रेसबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । गठबन्धन र कांग्रेसबाहेक सबै उम्मेदवारले प्रतिनिधि सभामा १० हजार र प्रदेश सभामा ५ हजार रुपैयाँका दरले जमानत बुझाएका थिए ।

कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको ९० दिन भित्र फिर्ता लिनुपर्ने निर्वाचन कार्यलयका सूचना अधिकारी तेजबहादुर गुरुङले बताए ।

कास्कीमा प्रतिनिधि सभाका लागि ३ निर्वाचन क्षेत्रमा ३७ जनाले उम्मेदवारी दिएका थिए । प्रदेश सभाको ६ निर्वाचन क्षेत्रमा ६४ जनाको उम्मेदवारी परेको थियो । कास्कीमा प्रतिनिधि तथा प्रदेश सभामा १७ दलका १ सय १ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ६९ हजार ९८ मत खसेकोमा ६७ हजार ४ सय ८६ मत सदर भएको थियो । ९६ हजार ८४ मतदाता रहेको कास्की क्षेत्र नम्बर १ मा १ स्वतन्त्रसहित १३ पार्टीका उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । सो क्षेत्रमा तेस्रो स्थान पाएको संघीय समाजवादी फोरम नेपालका मनबहादुर गुरुङले ७ सय ८६ मत पाएका थिए ।

क्षेत्र नम्बर १को प्रदेश सभा तर्फको १ मा ३६ हजार ९ सय २ मत खसेकोमा ३६ हजार २ सय ७० मत सदर भएको थियो । ५० हजार २ सय ८९ मतदाता रहेको क्षेत्रमा १२ दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । तेस्रोे स्थान पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका देउबहादुर गुरुङले ६ सय ९७ मत पाएका थिए । प्रदेश सभा २ मा ३२हजार १ सय ८५ मत खसेकोमा ३१ हजार ५ सय २४ मत सदर भएको थियो । ४५ हजार ९ सय ९५ मत दाता रहेको त्यस निर्वाचन क्षेत्रमा ११ वटा पार्टीका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

संघीय समाजवादी फोरम नेपालका काशीमाया गुरुङले ४ सय ७ मत पाएर तेस्रो भएकी थिइन् ।

प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय १३ मत खसेकोमा ४८ हजार ४ सय ४९ मत सदर भएको थियो । ७० हजार ५ सय ५१ मतदाता रहेको त्यस क्षेत्रमा स्वतन्त्र १ समेत १३ दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएर तेस्रो भएका थिए ।

कास्कीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल दलित पार्टी, मंगोल नेसनल अर्गनाइजेसन नेपाल, जनसमाजवादी पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, नेपाली कांग्रेस बिपी लगायत १७ दलले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

तनहुँमा ४२ उम्मेदवारको जमानत जफत

तनहुँका ४२ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारी दिएका तनहुँका ५४ जनामध्ये ४२ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो । तनहुँ प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेका मध्ये ९ जनाको जमानत जफत भएको छ ।

तनहुँ प्रतिनिधि सभा १ मा ६७ हजार ८ सय ३ मत खसेको थियो । जसमध्ये नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ३४ हजार ४ सय ९२ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रतिनिधि सभा १ प्रदेश सभा १ मा ७ जनाको जमानत जफत भएको छ । प्रदेश सभा २ मा ५ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधि सभा २ मा ८ जनाको जमानत जफत भएको छ । ६८ हजार ४ सय ५८ मत खसेको यो क्षेत्रमा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए । अन्य सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन् ।

प्रदेश सभा १ तर्फ ८ जनाको जमानत जफत भएको छ भने प्रदेश सभा २ तर्फ ५ जनाको जमानत जफत भएको छ ।

जमानत जफत हुनेमध्ये २ स्वतन्त्र उम्मेदवार हुन् । नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (मार्क्सवादी), मंगोल नेसनल अगनाइजेसन लगायत पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?