Comments Add Comment

माहिरालाई संझदै राहुलले भने-‘हामीले उनलाई दुश्मन सोच्यौ’


सन् २०१७ को जनवरीमा हिन्दी चलचित्र ‘रइस’ रिलिज भयो । चलचित्र रिलिजको समयमा भारत र पाकिस्तानविच तनाव भैरहेको थियो । जसकाकारण, भारतमा रहँदै आएका पाकिस्तानी कलाकारले भारत छाड्नुपर्‍यो ।

सोहि, समयमा पाकिस्तानी कलाकार माहिरा खानलाई नायिकाको रुपमा लिएर नायक साहरुख खानले निर्माण गरेको चलचित्र ‘रइस’ले पनि खुबै तनाव झेल्नु परेको थियो । यो चलचित्रको प्रमोशनमा माहिरा उपस्थित हुन सकिनन् । अब, सो चलचित्रका निर्देशक राहुल ढोलकियाले भारतीय नागरिकले पाकिस्तानी नायिकासँग गलत काम गरेको टिप्पणी गरेका छन् ।

माहिराले दुबईमा आयोजित एक अवार्ड इभेन्टमा ‘रइस’मा काम गर्दाको अनुभव शेयर गर्दै थिइन् । उनले भनिन्-‘साहरुख, राहुल, रितेश बत्रा, फरहान अख्तर सबै आत्मिय थिए । हामीले निकै मिहिनेतपूर्वक काम गरेका थियौं र चलचित्रले पनि निकै राम्रो ब्यापार गर्‍यो ।’

माहिराको उक्त भनाई सार्वजनिक भए लगत्तै निर्देशक राहुलले शुक्रवार ट्वीटरमा माहिराको साक्षात्कारको भिडियोको लिंक शेयर गरेका छन् । साथै उनले लेखेका छन्-‘मलाई लाग्छ हामीले कतै न कतै गलत गर्‍र्यौ । हाम्रा मान्छेहरुले माहिरा कलाकार हुन् कुनै दुश्मन होइनन् भन्ने कुरा भुलिरहेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment