+
+

बले र कक्रोजले रक्षाको पिछा गरेपछि…..

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १३:०६

हास्य टेलिशृंखला ‘भद्रगोल’का बले (सागर लम्साल) र कक्रोज (हरिश निरौला)ले प्रेमको गठबन्धन गरेका छन् । बलले रक्षा श्रेष्ठसँग र कक्रोजले जुना सुन्दाससँग । प्रसंग कमेडी शृंखलाको होइन, म्युजिक भिडियोको हो । हास्य कलाकारितका यी चल्तापूर्जा जोडी म्युजिक भिडियोमा ‘हिरो’ बनेका छन् ।

किरण भुजेलले गाएको गीतमा उनीहरुलाई फिचरिङ गराइएको हो । गीतले भन्छ, ‘माया मै सँग लाइदेउन ।’ रोमान्टिक शैलीको गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । चार जनाको रोमान्समा घुसेका छन्, अर्का कमेडियन मधुसुदन पाठक पनि ।

उनी सितेबा उपनामले चिनिएका छन् । युवराज वाइबाले हास्य र रोमान्सको समिश्रणमा यो भिडियो तयार गरेका छन् । गीतमा सुरेन बसेलले कोरियोग्राफी गरेका हुन् । गीतमा किरणलाई अहिलेकी चर्चित गायिका मेलिना राइले साथ दिएकी छिन् । गीत डिपी खनालले लेखेका हुन्, संगीत शंकर थापा स्माइलको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?