+
+

सकियो सौराहा हात्ती महोत्सव, सुन्दरीको उपाधि पूजाकलीलाई

सुवास पण्डित सुवास पण्डित
२०७४ पुष १५ गते १९:३९

१५ पुस, चितवन । चितवनको सौराहामा भएको १४ औं हात्ती महोत्सव सकिएको छ । पस ११ गते सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पूजाकलीले जितेको छ ।

१०० पूर्णाङ्कमा ७८.७ अंक ल्याएर पूजाकलीले उपाधि जितेको हो । प्रतियोगितामा एलिसाकली, पुष्पाकली, सेल्फीकली र बिजुलीकली सहभागी थिए ।

पूजाकली होटल पार्क साईडको हात्ती हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिनेसुन्दरी प्रतियोगितामा पूजाकलीले उपाधि जितेको महोसत्वका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

यही वर्षबाट सुरू गरिएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि पुनमकलीले जितेको छ । अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै पुनमकली पेन्टिङमा आर्कषक देखिएको हो । माउतेहरुले हात्तीको शरीरमा कलात्मक चित्र बनाएर प्रतिस्पर्धामा हात्तीहरुलाई सहभागी गराएका थिए ।

त्यसैगरी हात्तीको फास्टवाक प्रतियोगितामा टुरीज्म बैंकको लक्की कलि प्रथम भएको छ । यस्तै हिमालयन सोसल जोर्नीको एकताकली दोस्रो र कोकाकोला कम्पनीको अनार कली तेस्रो भए ।

प्रतियोगितामा २० वटा हात्तीको सहभागिता थियो । आज शनिबार नै भएको हात्तीका छावाहरुको फुटवल प्रतियोगिताको फाइनलमा सिजी समुहका हात्तीका छावाहरु बिजयी भए ।

सिजी समुहले कुमारी बैंकलाई ३-० ले पराजित गर्‍यो । चितवनमा स्वदेशी तथा विदेशी पर्यटक प्रर्बद्धन गर्ने उद्देश्यले हरेक वर्ष क्षेत्रीय होटल संघ चितवनले हात्ती महोत्सव गर्दै आएको छ ।

महोत्सवमा हुने विभिन्न हात्ती सम्वन्धि गतिविधी र क्रियाकलापलाई परिमार्जन गर्दै पर्यटकलाई आकषिर्त गर्दै लगिने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?